१९ माघ, काठमाडौं । नेकपाको ‘दाहाल-नेपाल’ पक्षको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त बैठक बोलाइएको हो । निर्वाचन आयोगको निर्णय, सडक आन्दोलन लगायतका विषयमा यो बैठकमा छलफल हुनेछन् ।
यसैबीच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट गरेको छ ।
नेकपाको प्रचण्ड’ र नेपाल समूहले आजका लागि केन्द्रीय कमिटीको बैठक बोलाएपछि अध्यक्ष केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आइतबार प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट पारेका थिए ।












