Ad #144479

१९ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सोमबारदेखि प्रधानमन्त्री केपी शर्मा ‌ओली पक्षले बहस गर्ने भएको छ । संवैधानिक इजलासमा रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन ‘शनिबार बाहेक’ दिनसम्म बहस गरेका थिए।

आजबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन्। यो अवधीमा रिट निवेदकको तर्फबाट ६७ भन्दा बढि व्यक्तिले बहस गरेका थिए ।

गत पुष ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिएन् । पुष ६ गते यसको विरुद्धमा सर्वोच्चमा रिट निवेदनहरु दर्ता भएका थिए ।