Ad #144479

१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुर्नस्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहनरमसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको हो ।

माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।

बृहत जनसभा भने केही दिनमा तय हुने बताएको छ । संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने पनि जसपाले जनाएको छ ।