Ad #144479

१६ माघ, काठमाडौं । स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ३८ लाख ७ हजार रुपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँको २४ थान चेकसहित उनीहरू बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँ, महानगरपालिका–२२ न्यूरोडबाट हुम्ला सार्केगार्ड गाउँपालिका–१ का नवराज रावत ‘२७’, सञ्जय बुढा ‘२८’, गोपाल रावत ‘३०’, मकवानपुर थाहा नगरपालिका–११ की सानुमाया तामाङ ‘२७’ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ का भीमसेनबहादुर तमाङ ‘२७’ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला परेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति शुद्धिकरण विभाग पुल्चोक पठाइने वृत्तले जनाएको छ ।