Ad #144479

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली प्रतिगमनको मतियार भएको घोषणा गरेको प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठनले आज तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

तेस्रो चरणको कार्यक्रममा मन्त्रीहरुलाई वहिष्कार गर्नेदेखि सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने र प्रधानमन्त्रीको सरकारी निवास घेराउ गर्नेसम्मको रहेको छ ।

साथै, प्रतिगमनकारी शक्तिलाई सम्पूर्ण रुपले वहिष्कार गर्ने कार्यक्रमसमेत रहेको अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले बताए ।