Ad #144479

१६ माघ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगामी कदमविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार प्रदेश १ को प्रमुख शहर विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको छ ।

तेस्रो चरणको आन्दोलन अन्र्तगत प्रचण्ड माधव पक्षले काठमाडौ बाहिर रुपन्देहीको बुटवलपछि विराटनगरमा प्रदर्शन गर्न लागेको हो । विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने जनाएको छ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधनका लागि अध्यक्ष नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार बेलुका नै विराटनगर पुगिसकेका छन् भने प्रचण्ड शुक्रबार बिहान झापा हुँदै विराटनगर जाने क्रममा रहेका छन् ।