१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का दुबै पक्षलाई आज निर्वाचन आयोगले छलफल गर्दै छ । आयोगले छलफलका लागी प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर बोलाएको हो । छलफल केहीबेरमा बहादुर भवनस्थित कार्यालयमा हुँदै छ ।
आयोगका अनुसार अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५ र ५ जनालाई बोलाएको हो । आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगले बताएको छ ।












