प्रचण्ड–माधव समूहद्धारा माइतीघर मण्डलामा धर्ना

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको घटनाको विरोधमा ओर्लिएको नेकपा प्रचण्ड–माधव समूहले आज माइतीघर मण्डलामा धर्ना दिएको छ ।

दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत आज निवर्तमान सांसद्हरुले यस्तो धर्ना दिएका हुन् ।  धर्नामा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, हरिबोल गजुरेल, पम्फा भूषाल, देव गुरुङ लगायत सहभागी छन् । ओलीको असंवैधानिक कदम विरुद्ध देशव्यापी रुपमा आन्दोलन जारीछ ।

[sidebar name="button post"]