१४ माघ, बलेवा । ‘विश्वभरिका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ । काठेखोला गाउँपालिका–५ र ६ ‘साबिक बिहुँ गाविस’बाट संसारभरि रहेका बिहुँकोटेको भेलाले मञ्च गठन गरेको हो ।
गत जनवरी २४ मा सम्पन्न भेलाले पोर्चुगलमा रहेका गङ्गाराम कँडेलको अध्यक्ष रहेको मञ्च गठन गरेको छ । बिहुँबाट विश्वभर छरिएका सबैलाई एउटै मञ्चमा जम्मा गरेर बिहुँकोटको चौतर्फी विकासमा सहयोग गर्ने उद्देश्यले सङ्गठित भएको अध्यक्ष कँडेलले बताउनुभयो । समितिलाई २०१ सदस्यीय वा आवश्यक परेमा थपघटसमेत गर्न सक्ने गरी प्रक्रिया अगाडि बढाउने मञ्चले जनाएको छ ।
बिहुँको दीर्घकालीन विकासमा योगदान दिन सक्ने सामाजिक व्यक्तित्वहरुलाई सो मञ्चमा जोड्न थालिएको कँडेलले बताउनुभयो । साबिकको बिहुँकोट क्षेत्रलाई नेपालकै नमूना पर्यटकीय शहरका रुपमा विकास गर्ने, यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सबै वर्ग, लिङ्ग, जात, धर्म, विचार र चिन्तनमा बाँधिएका बिहुँकोटे समेटेर अघि बढ्ने मञ्चले जनाएको छ ।
मञ्चको उपाध्यक्षमा गोविन्दप्रसाद कँडेल ‘जापान’, देवराज कँडेल ‘अमेरिका’, हिमबहादुर क्षेत्री ‘जापान’, गङ्गा शर्मा ९क्यानडा०, टीकाराम कँडेल ‘जापान’, रामप्रसाद कँडेल ‘बेलायत’ र फुलप्रसाद कँडेल ‘बेलायत’ रहनुभएको छ । महासचिवमा पशुपति कँडेल ‘अमेरिका’, सचिवमा केशव रिजाल ‘स्पेन’, भीम कँडेल ‘जापान’, पूर्ण कँडेल ‘जापान’ र केशव कँडेल ‘बेलायत’ चयन हुनुभएको छ ।
कोषाध्यक्षमा मेघनाथ कँडेल ‘जापान’ सहकोषाध्यक्ष अमर केसी ‘जापान’, राजेन्द्र कँडेल ‘बेलायत’ र कोषाध्यक्ष सूर्यछवि विक ‘पोर्चुगल’ चयन हुनुभएको छ । सदस्य विभिन्न देशमा रहेका ८४ जना रहेका छन् ।











