गुल्मी जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या ६ पुग्याे

१२ मंसिर, काठमाडौं । गुल्मी जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो ।

उपचारका क्रममा मृत्इु हुनेमा इस्मा गाउँपालिका–४ का १९ वर्षीय पर्शुराम थापा छन् । जिल्ला अस्पताल लगिएका उनको बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।

जीप दुर्घटनामा मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् । घाइते २८ वर्षीया सरस्वती दर्लामीको उपचार भइरहेको छ ।

जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । जीप घुम्ती मोड्ने बेलामा दुर्घटनामा परेको हो ।

[sidebar name="button post"]