यी महिला, जसले खुट्टाकै कारण लाखाैँ कमाएकी छिन्

एजेन्सी । अमेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताइरहेकी थिइन् ।

यससँगै उनले साइड बिजनेसको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खुट्टा निकै मन पराउने थाहा पाइन् । उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो ।

अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड (साढे १२ लाख नेपाली रुपैयाँ) कमाउने खुलासा गरेकी छिन् ।

इन्स्टाग्राममा पनि उनका फलोअरको संख्या उल्लेख्य मात्रामा बढेको बेलायति पत्रिका मिररमा प्रकाशित छ । उनको फलोअर्स पनि बढ्दै गयो । पहिलो महिनामा नै उनले धेरै कमाइन् ।खुट्टाको तस्वीर शेयर गर्नुअघि पनि उनले फलोअर्स बढाएकी थिइन् ।

यही तरीकाबाट उनले कमाउन थालिन् । उनको खुट्टाको तस्बिरलाई उत्सुकतासाथ हेर्न थाले । उनका फलोअर्सले उनले लगाएको मोजा जुत्ता पनि किन्न थाले ।

पछिल्लो समय भने डिजायर ओन्लीफ्यान्समा सक्रिय छिन् । यसको लागि उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ । डिजायरले मिररसँग भनिन् ‘एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागि ३ सय डलर अफर गरे ।

[sidebar name="button post"]