११ मंसिर, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आजको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
राति पनि देशका पहाडी भेगमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ भने गण्डकी, कर्णाली,सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । यसैबीच भारतमा आएको निवार नामक शक्तिशाली तुफानको असर नेपालमा पर्ने सम्भावना एकदमै कम छ ।
तमिलनाडू नेपालबाट टाढा भएकाले यसको असर पर्ने सम्भावना अत्यन्तै न्यून भएको छ । काठमाडौं उपत्यकाको आज बिहान ६ बजेको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
[sidebar name="button post"]









