बलात्कारपछि हत्या : घटनाले उग्र रुप लिएपछि महोत्तरीको बर्दिबासमा कर्फ्यु

१० मंसिर, काठमाडौं । बालिकाको बलात्कारपछि हत्या भएको घटनाले उग्र रुप लिएपछि महोत्तरीको बर्दिबासमा कर्फ्यु लगाइएको छ । बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेपछि कर्फ्यु जारी गरिएको बताए । सोमबार साँझ बेपत्ता बालिकाको हत्या भएको अवस्थामा मंगलबार बिहान शव भेटिएको थियो ।

मंगलबार बिहानैदेखि बलात्कारपछि बालिकाको हत्या भएको भन्दै स्थानीयले विरोध शुरु गरेका थिए । विरोधका क्रममा उनीहरुले आरोपितको घरमा आगो लगाएका छन् भने सडक ठप्प पारेका थिए । आरोपित बर्दिबासकै २५ बर्षीय अरुण शाहलाई प्रहरीले पक्राउ गरेर हिराशतमा राखेको छ ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

[sidebar name="button post"]