रमिता दंगाल
मंसिर १०, काठमाण्डौ। कक्षा १२ को परीक्षा सुरु भएको आज दोस्रो दिन हो ।आठ महिना अघि बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा हिजो मंगलबारदेखि सुरु भएको छ ।
सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको हो ।शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने बोर्डले जनाएको छ ।
स्वास्थ्य सम्बन्धि सबै मापदण्ड अपनाएर परीक्षा संचालन भैरहेको प्रधानाध्यापक भवानी प्रसाद पौड्यालले जानकारी दिनु भएको छ।
कक्षा १२ को परीक्षाको दोस्रो दिन काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारीमा रहेको मनकामना सेकेण्डरी विद्यालय (जया मल्टिपल क्याम्पस ) केही तस्बिरहरु :

[sidebar name="button post"]









