Ad #144479

९ मंसिर, जनकपुर । महोत्तरीमा बालिका बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । ६ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले आरोपित युवाको घरमा आगजनी गर्नुका साथै पूर्व पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए ।

आगो निभाउन नदिने र राजमार्गमा गाडी चलाउन पनि नदिएपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगका क्रममा प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था केही गम्भिर रहेको प्रहरीले जनाएको छ । बालिका बलात्कार प्रकरणपछि महोत्तरी तनावग्रस्त बनेको छ ।