Ad #144479

काठमाडौँ । गर्भावस्थामा रहेका महिलाहरूलाई फरक फरक किसिमका खानेकुरा खान मन लाग्छ । कोही महिलालाई अमिलो पिरो खान मन पर्छ त कोही महिलालाई गुलियो ।

यस्ता चिजहरु खान मन लाग्ने सामान्य कुरा हो । कोही महिलाहरुलाई यस्तो पनि हुने गर्दछ, गर्भावस्था हुनु भन्दा पहिला मन नपर्ने चिजहरु गर्भावस्था पछि मन पर्ने गर्छ । गर्भ अवस्थामा खान मन लागेको खानेकुरा खानुपर्छ भन्ने मान्यता पनि छ । तर यस्तो अवस्था भएका महिलाहरुले खानेकुरा खाँदा निकै ख्याल गर्नुपर्दछ । जस्तोपायो त्यस्तै खानेकुराहरु खान हुदैन । नत्र गर्भमा रहेको बच्चालाई गम्भिर असर पर्छ । गर्भ अवस्थामा महिलाले खान नहुने खानेकुराहरु:

१ जङक फुड :

गर्भावस्थामा रहेका कैयौँ महिलाहरू जङ्क फुड धेरै खाने पनि गर्छन् । तर बजारमा प्राप्त हुने सबै जङक फुड फाइदाजनक हुँदैनन् । केही जङक फुडले शरीरमा न्यूट्रियइटस्को मात्रा कमी हुने गर्दछ, जसको कारण गर्भवती महिलाको स्वास्थ्यमा नोक्सान पुर्‍याउने गर्दछ । त्यसैले यो अवस्थामा रहेका महिलाहरूले जङक फुडहरू खानुको सट्टा पौष्टिक खानाहरू खान उपयुक्त रहन्छ ।

२ . काटेर राखेको फलफूल र सलाद :
गर्भवती अवस्थामा हरियो सागपात र फलफूल खानाले बच्चा र आमा दुवैलाई फाइदाजनक हुन्छ । तर यस अवस्थामा रहेका महिलाहरूले लामो समय काटेर राखेको फलफूल तथा सलादहरु खानु हुदैँन किनकी यसरि लामो समय काटेर राखेको चिजहरुमा ब्याक्टेरिया ९किटाणु० रहन सक्ने सम्भावना बढि मात्रामा हुने हुदाँ ताजा फलफूल, सलाद र हरियो तरकारी खानु पर्दछ ।

३ . कफी :
गर्भावस्थामा रहेका महिलाहरूलाई एक कप कफी पिउनाले धेरैनै राहात मिल्ने गर्छ । तर धेरै महिलाहरूलाई थाहा छैन होला कफिमा हुने कैफिनले गर्भमा रहेको बच्चालाई ज्यादा खतरा त हुन्छ नै यसबाट बच्चाको तौल पनि कम हुन्छ । धेरै कफि पिउनाले गर्भवती महिलाको प्रेशर बढ्नुका साथसाथै बार बार पिसाब लाग्ने गर्दछ, जसकारण शरिरमा पानिको मात्रा कमि भई डिहाइड्रेशनको शिकार बन्न सक्ने सम्भावना बढि हुन्छ ।

४ . डेरी उत्पादित पदार्थ :
गर्भवती महिलाहरूलाई डेरी उत्पादन भएका पदार्थहरु दूध, दही, घ्यू इत्यादि खानाले धेरै लाभदायक हुने मान्ने गरिन्छ । तर यसरी डेरिमा उत्पादन भएका पदार्थहरुमा असुरक्षित हुनुका साथै ब्याक्टोरिया (किटाणु) प्राप्त हुन्छ । यसबाट फुड पोइजन, डाइरिया, ऐठन र बान्ता हुन सक्दछ, जसकारण गर्भवती महिलाको डिहाइड्रेसन, ज्यादा थकाई अथवा किड्नी फेल हुने बढि खतरा हुन्छ ।

५ . काँचो मासु :
केही गर्भवती महिलाहरु काँचो मासु खान रुचाउँछन् । तर यस प्रकारका खानाका चिजहरुमा भारी मात्रामा ब्याक्टोरिया (किटाणु) र प्यारासाइट प्राप्त हुन्छ । विशेष त काँचो खानाका चिजहरु स्वस्थ मानिसको लागी त एकदम खतरनाक हुन्छ भने तपाई आफैँ सोच्नुहोस् गर्भवती महिलाहरुलाई कति खतरनाक हुन्छ । त्यसैले यस अवस्थामा रहेका महिलाहरुलाई पाकेको मासु खान उपयुक्त हुन्छ ।

६ . माछा :
माछा खानाले गर्भमा हुर्किरहेको बच्चा र आमा दबैलाई धेरै फाइदाजनक हुने गर्छ । तर बजारमा विभिन्न किसिमका माछाहरु पाइन्छन् । जसमध्ये केही माछाहरु खान गर्भवती महिलाहरूका लागी हानिकारक हुन्छन् । यस अवस्थामा रहेका महिलाहरूलाई बङगाली माछा, ह्वाइट टूना, स्वर्ड माछा र शार्क माछाहरु खान सुरक्षित र बढि उपयुक्त हुन्छ ।

७ . अल्कोहल :
अल्कोहल एउटा यस्तो चिज हो, जुन गर्भावस्थामा रहेका महिलाहरूले बिल्कुल सेवन गर्नु हुदैन । यसको सेवन गर्नाले गर्भमा रहेको बच्चालाई मात्र नभई तपाईको पुरै जिन्दगीमा असर पर्दछ । यदि तपाईहरूमा अल्कोहल छोड्नै नसक्ने समस्या भए डाक्टर सँग सल्लाह गरेर मात्रै यसको प्रयोग गर्नुहोस् ।