Ad #144479

मङ्सिर ३, मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् ।

पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुुर्खेत जुुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।