Ad #144479

३ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छिन्।

आइतबार स्याङ्जामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले भन्नुभयो ‘ढुक्क हुनुहोस्, नेकपा कुनै पनि हालतमा फुट्दैन ।’ मन्त्री अर्यालले बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या छैन । कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक भएकाले आआफ्नो काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन् ।

उनले भनिन्,‘अहिलेको नेकपाको विवाद नीतिगत होइन, कार्यशैलीगत हो ।’ दुई पार्टीका फरक–फरक विचार एक ठाँउमा आएको कारण यस्तो अवस्था आएको उहाँको भनाइ छ । पार्टी फुट्ने कल्पनासमेत गर्न नसकिने मन्त्री अर्यालको निष्कर्ष छ ।

शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उनले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।