३ मङ्सिर, एजेन्सी । अमेरिकामा कोरोना भाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले नयाँ विधिलाई अनुमति दिएको छ । आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो ।
घरमै बसेर कोभिड–१९ परीक्षण गर्न सकिने र आधा घण्टामा नतिजा आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । लुसिसा हेल्थले निर्माण गरेको यस किटलाई यूएसएफडीएले मंगलबार मान्यता दिएको खबरमा भनिएको छ ।
प्रयोगका लागि अनुमती दिइएको औषधी क्यालिफोर्नियाको औषधी उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो ।विरामी आफैंले नाकबाट स्वाव परीक्षण गर्न मिल्ने र औषधी प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।
घरमै व्यक्ति आफैँले कोभिड परीक्षण गर्न मिल्ने यो पहिलो प्रविधि हो । अहिले विश्वभर आरटी पिसिआर विधिबाट कोभिडको परीक्षण भइरहेको छ । यसबाहेक आरडिटी र एन्टिजेन विधिबाट पनि कोभिड परीक्षण भइरहेको छ ।












