डा. गोविन्द केसीले सरकारले दिने उपचार खर्च नलिने घोषणा

काठमाडौं । कोरोना संक्रमणबाट ग्रसित डा. गोविन्द केसीले सरकारले दिने उपचार खर्च नलिने घोषणा गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ती निकालेर डा.केसीले उपचार खर्च नलिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । तर ट्वीट सार्वजनिक भएको केहीबेरमै डा.केसीले प्रेस विज्ञप्ती निकालेर सरकारबाट उपचार खर्च नलिने भनेका हुन् । आफ्नो उपचार खर्च व्यहोर्नुको साटो हरेक नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्न पनि डा.केसीले सरकारको ध्यानाकर्षण गरेका छन् ।

‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ ठा.केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्ने हुनुपर्दछ।’

साथै डा.केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन् । ‘हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु’ डा.केसीले विज्ञप्तीमा अगाडी भनेका छन्, मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु।’

[sidebar name="button post"]