धनुषामा फेरि एक महिलामाथि एसिड प्रहार

२९ कार्तिक, काठमाडौं । धनुषामा फेरि एक महिलामाथि एसिड प्रहार भएको छ । २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमतिसँग पछिल्लो समय झगडा बढ्दै गएपछि उनले एसिड प्रहार गरेको खुलेको छ ।

तीन बर्ष अघि विवाह गरेका दुई जनाबीच पछिल्लो समय राम्रो सम्बन्ध थिएन् । खासगरी श्रीमान सञ्जीव शाहले श्रीमतिमाथि अनेक आरोप लगाउँदै आएका थिए । त्यही कुरामा विवाद बढ्दै जाँदा शनिबार विहान सञ्जीवले एसिड प्रहार गरेको खुलेको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरेर सञ्जीवलाई सार्वजनिक गर्ने जनाएको छ ।

[sidebar name="button post"]