Ad #144479

कोरोना भाइरसको संक्रमणबाट बुधबार मात्रै २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ३० जनको मृत्यु भएको थियो ।

तर यीमध्ये बुधबार मात्रै २४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै काठमाडौंका ७ जना छन् । यस्तै कास्कीमा ५ जना र सुनसरीका २ जना छन् ।

यस्तै इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका एक एक जना रहेका छन् । पछिल्लो समय दैनिक संक्रमित संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।