Ad #144479

धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । बिहान तीन बजे थाक्रे गाउँपालिका १ ढांडे सिम्लेमा बसमा आगो लागेको हो । ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको पनि उहाँले जानकारी दिनुभयो ।

आगो लागेको बसका अगाडी तथा पछाडीको भाग जलेको छ । आगलागीको कारण खुल्न नसकेको र थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।