६ असोज, काठमाण्डौ । विपदले सवैभन्दा वढि क्षति पुराएको सिन्धुपाल्चोक र बाग्लुङलाई विपग्रस्त क्षेत्र घोषणा गरी सरकारले पुनर्निर्माणको काम गर्ने भएको छ । सरकारले उक्त जिल्लाहरुमा विपदले पुराएको क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माणको काम गर्ने निणय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै प्रभावित भएका छन् । मनसुन सुरु भए देखि अहिलेसम्म प्राकृतिक विपदमा परेर देशभर तीन सय ४० जनाको ज्यान गएको छ ।
९९ जना अझै हराइरहेका छन् ।
[sidebar name="button post"]











