तोलामा १७ सयले घट्यो सुनको भाउ

६ असोज, काठमाडौं । सुनको मूल्य मंगलबार तोलामै १७ सय रुपैयाँले घटेर छापावालको प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छ। सोमबार भने ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचादि महासंघले मंगलबार तेजावी सुनको प्रतितोला मूल्य ९५ हजार तोकेको छ । चँँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।

विश्वव्यापि रुपमा फैलिएको कोरोनाको असर कमा हुदे गएको र लगानीका वातावरणहरु फराकिलो बन्दै गएकाले मूल्य घटेको व्यवसायीहरुको भनाई छ ।

[sidebar name="button post"]