नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ का महासचिव भेषराज बस्नेतले महासङ्घका बर्दिया जिल्ला सदस्य कमल पन्थीलाई रु एक लाख रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
गुलरिया नगरपालिका–५ निवासी पत्रकार पन्थीलाई उहाँकै निवासमा पुगी कोरोना बीमावापतको रकम आज हस्तान्तरण गरिएको हो ।
प्रदेशमा क्रियाशील ७४३ पत्रकारको हालसम्म कोरोना बीमा गरिसकिएको जनाइएको छ ।
[sidebar name="button post"]









