काभ्रेपलाञ्चोक साँगा नाकाका आठ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक साँगाको उपत्यका प्रवेशको पूर्वी–नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेदै गएको छ । एक साताअघि नाकामा दुई सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको थियो । हाल थप आठ जनामा संक्रमण देखिएको छ ।

मङ्लबार मात्रै काभ्रेपलाञ्चोकमा १० जनामा संक्रमण देखिएको थियो जसमध्य आठ जना सशस्त्र प्रहरी रहेका छन् । साँगा नाकामा तैनाथ प्रहरीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

हालसम्म जिल्लामा ४० सुरक्षाकर्मी सङ्क्रमित छन् ।

[sidebar name="button post"]