मङ्गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड आज बिहान करिब ४ः०० बजेदेखि सञ्चालनमा आएको छ ।
सो सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ रानीकुवा नजिकै बोहोराबेँसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो ।
सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको स्थानीय नवीन धितालले जानकारी दिनुभयो।
सो पहिरो बेँसीशहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताउनुभयो ।
पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारी साधन रोकिएका थिए ।
[sidebar name="button post"]









