लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १८ जनाको शव भेटियो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १८ जनाको शव भेटिएको छ । आज थप सात जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो । उनीहरु सबैको परिचय खुलेको छ ।

पहिरोमा पुरिएर आज भेटिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षीय रुपबहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाण्डाैमा उपचार भैरहेको छ ।

[sidebar name="button post"]