साउनमा तीन हजारले लिए श्रम स्वीकृति

साउन महिनायता झण्डै तीन हजारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यही साउन १ गतेदेखि बिहीबारसम्म १५३ महिला र दुई हजार ७५८ पुरुषसहित दुई हजार ९११ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचालले जनाएको छ ।

सो अवधिमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) का लागि एक हजार ३१६ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । यस्तै कतार ७०२, मलेशिया ३०९, साउदी अरेबिया २४८, कुवेत ९९, जापान ५३ र बहराइनका लागि ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएसँगै सरकारले गत चैतदेखि श्रम स्वीकृति दिन बन्द गरेको थियो । सरकारले गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो ।

[sidebar name="button post"]