Ad #144479

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ ।

जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षणका लागि तयारी गरेको छ । जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीका अनुसारबढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिने तयारी भएको छ ।

उहाँका अनुसार पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएकाले हामीले बढी भीड हुने कार्यालय तथा सुरक्षाकर्मीको पिसिआर परीक्षण गर्ने तयारी गरेका र चाँडै नै सबैको कोरोना परीक्षण हुनेछ । भारतबाट रोजगारी गरी जिल्ला फर्किएका कम्तीमा पनि ५९० को कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना परीक्षणका लागि कम्तीमा पनि सात हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गर्न थालिएको कोरोना सम्पर्क व्यक्ति विष्टले बताउनुभयो । समुदायस्तरमा कोरोना परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्न यहाँका स्थानी