Ad #144479

अविरल वर्षाका कारण गौमूल गाउँपालिका–२ सिम गाउँमा बाढी पहिरोबाट विस्थापित परिवारले पाँच दिनसम्म राहत पाएका छैनन् ।

साउन २५ गते रातिको अविरल वर्षाका कारण गाउँको माथिबाट आएको पहिरोले २० परिवारका घर बगाएको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

पाँच दिनसम्म पालसमेत नपाएको पीडितले बताएका छन् । बूढीगङ्गा नदीको मुहान हुदै आएको बाढी र कुहुर्नामा आएको पहिरोले बूढीगङ्गा नदी थुनिँदै आएको हुदा सिममा पनि नदी थुनिएर ताल बनेपछि सिम गाउँ नै विस्तापित भएको छ, खेतीयोग्य जमिन र गाउँ पूरै बगर बनेको छ ।

राहतको लागि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया काठमाडौमा धाइरहेका छन् । बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापालगायत बाजुरा जिल्लाका नेताको पहल भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।