साउन २९, अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भिर घाइते भएका छन् ।
रामारोशन गाउँपालिका–३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा उहाँसहित पार्वतीदेबी बुढामगर, भिम बुढामगर तथा पञ्चदेवल बिनायक नगरपालिका–२ बस्ने जनक शाही घाइते भएको दिपायलका प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
घाइतेको जिल्ला अस्पताल मंगलसैनमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली पठाइएको छ ।
[sidebar name="button post"]











