बहुविवाह मुद्दामा फरार एक महिला ६ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो ।

विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतकोे फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो । फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन् ।

अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]