विद्यालयबाट आइसोलेशन तथा क्वारेन्टिन हटाउने वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा यहाँको एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ ।
हेटौंडाको श्रमिक माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेशन वार्डलाई गौरीटार रङ्गशाला ९केन्द्रीय खेलकूद प्रतिष्ठान० मा रहेको छात्रवासमा स्थानान्तरण गरिने भएको छ । एक पटकमा एक सय जनासम्म सङ्क्रमितहरुलाई राख्न सकिने क्षमता भएको छात्रवासमा आइसोलेशन वार्ड स्थापनाका लागि तयारी थालिएको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालगायतको टोलीले आइसोलेसन वार्डको निरीक्षण तथा अनुगमन गरेको छ ।
मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसारका अस्थायी संरचनाहरु निर्माण गरेर भएपनि छिटो भन्दा छिटोकाम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले सरकार जसरी भएपनि महामारीको अवस्थालाई अन्त्य गर्न चाहने भन्दै सबै क्षेत्र र निकाय प्रतिवद्ध हुनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशका सबै जिल्लामा रहेका आइसोलेशन तथा क्वारेन्टिनहरुलाई विद्यालयहरुबाट सारिने बताउनुभयो ।
सामाजिक विकास मन्त्री युवराज दुलालले आसोलेसनलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखिने बताउदै उपमहानगरपालिकालगायतले समेत साथ दिनुपर्ने धारणा राख्नुभयो ।
[sidebar name="button post"]









