Ad #144479

विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउनेगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ ।

नेपालमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

पर्वले विविध धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको मुख्यमन्त्री गुरुङले सन्देशमा भन्नुभएको छ ।

गुरुङ समुदायमा वर्षको दुईपटक चैत महिनाको अन्तिम मङ्गलबार उधौली र साउन महिनाको अन्तिम मङ्गलबार उभौलीका रूपमा विभिन्न कार्यक्रम गरेर ट्होटे पर्व मनाउने प्रचलन छ ।

भूतप्रेत भगाई बैरी शत्रु नलागोस् र खेतीपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाउन शुरु गरिएको धार्मिक मान्यता पाइन्छ । सोही अवसरमा लामो समयदेखि जारी बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन मुख्यमन्त्रीले अपिल गर्नुभएको छ ।