२७ साउन, काठमाडौँ । कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात शरिर टुक्रा पारि झ्mोलामा राखेर फालेकि कल्पना मुडभरीले एम्बुलेन्स चालक भिनाजुलाई बोलाएर चितवन भागेको खुलेको छ ।
३७ वर्षीया कल्पनालाई एम्बुलेन्स लिएर लिन चितवनबाट भिनाजु गोंगबु आएका थिए । एम्बुलेन्स चालकलाई कल्पनाले ‘भिनाजु’ भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले बताएको छ । भिनाजु भनि सम्बोधन गरेपनि भिनाजु सम्वन्धमा या वोलिचालिमा हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।
हत्या गरेर चितवन माइतीघरमा आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा कल्पना चितवन भागेकी थिइन् । कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।
श्रीमानसँग अलग भएर कल्पना छुट्टै बस्दै आएकी थिइन् स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो । केहीबेरमा उनलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ ।












