गोठ भत्किँदा ४ लाख क्षति

स्याङ्जाको अर्जुनचौपारी–२ लामडाँडामा आज बिहान गोठ भत्किँदा साढे चार लाखभन्दा बढीको क्षति भएको छ । गएराति परेको वर्षाका कारण लामडाँडाका ५५ वर्षीय लालबहादुर गुरुङको दुईतले गोठ भत्किँदा उक्त गोठमा रहेका दुईवटा भैँसी पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गोठमा रहेको अन्नपात पुरिएर नष्ट भएको छ । आज बिहान भएको उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

[sidebar name="button post"]