सिन्धुलीमा पशुचौपायामा अज्ञात रोग

सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् ।

पशुचौपायाको गोडा सुनिने, घाँस नखाने र झोक्राएर बस्नेजस्ता समस्या देखिएको हरिहरपुरगढी–५ का वडाध्यक्ष झलककुमार माझीले जानकारी दिनुभयो । पशुचौपायामा छालामा डाबर देखिने, ¥याल बगाउने र उच्च ज्वरो आउने गरेको पनि पाइएको पशु चिकित्सक विपीनजङ्ग राईले बताउनुभयो ।

अचानक देखापरेको सो रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकले पनि पहिचान गर्न नसकेको र पहिचानको काम भइरहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताउनुभयो । उक्त रोगको लक्षण देखापरेका

[sidebar name="button post"]