वीरगञ्जमा कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण

२५ साउन, पर्साको वीरगञ्जमा नेपाल प्रहरी भारतीय दुतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् ।

वीरगन्ज स्थित रेहको भारतीय दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेका छन् ।

नारायणी अस्पतालका अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी १ जना १५ बर्षकी महिला समेत छन् ।

[sidebar name="button post"]