भक्तपुरमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो
भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
जगातीमा गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका जीप चालकको खोजी भइरहेको छ ।