२५ साउन, कोरोना भाइरसको संक्रमणबाट कास्कीको पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना उपचार केन्द्रमा ६२ बर्षीय बृद्धको मृत्यु भएको हो ।
साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ उनको कोरोनाकै कारण शनिबार राती साढे ११ बजे मृत्यु भएको अस्पतालले विज्ञप्ती निकालेर जनाएको छ ।
उनी मधुमेहका बिरामी रहेका पनि अस्पतालको भनाई छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । पोखरामा भने कोरोनाले ज्यान गुमाउने उनी तेस्रो मृत्तक हुन् ।
[sidebar name="button post"]









