लकडाउनका बाबजुत पनि सिरहामा आर्थिक वर्ष २०७६/७७ मा एक हजार १४७ नयाँ उद्योग दर्ता भएका छन् । एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ ।
कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४१७ वटा, पशुपालनका ४० तथा कुखुरापालनका १५ वटा नयाँ उद्योग दर्र्ता भएको छ । सेवा उद्योगतर्फ होटल १०१, निर्माणका ५९, ढुवानीका ५५ वटा उद्योग दर्र्ता भएको छ । या सङ्ख्या आर्थिक वर्ष २०७५÷७६ मा दर्र्ता भएको भन्दा कम हो ।
योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ४२६ वटा, कृषि तथा वनजन्य उद्योग एक हजार ६४८ र सेवा उद्योग तीन हजार ६३३ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या छ हजार ५५७ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । नयाँ उद्योग दर्र्ताबाट रु ४० लाख २९ हजार १०० राजस्व सङ्कलन भएको छ ।
प्रमुख यादवको अनुसार गत आव २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग उद्योग दर्र्ता भएको थियो । यसमध्ये उत्पादनमूलक उद्योग १९१ वटा, सेवामूलक उद्योग ७४० वटा र कृषि तथा वनजन्य उद्योग ५५८ गरी एक हजार ४९१ वटा नयाँ दर्र्ता भएको थियो ।
बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै सिरहामा घरेलु तथा साना उद्योग दर्र्ता गराउने क्रममा वृद्धि भएको छ ।