सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनी पहिरोको उच्च जोखिममा

अजय खत्री

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

गएको आइतबारदेखि खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो ।

तिपेनी पुलबारीको धेरैजसो ठाउँमा भूक्षय भइसकेकाले उच्च जोखिममा परेको ३० घरपरिवारलाई स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।