आज साउन शुक्ल पूर्णिमाका दिन धार्मिक एवं सांस्कृतिक विधिपूर्वक आ–आफ्नै घरमा सीमित भई रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाइँदैछ । आज दाजुभाईको हातमा दिदीबहिनीले रक्षाका सुत्र राखी बाँधेर रक्षाबन्धन पर्व उत्साहका साथ जनकपुरलगायत प्रदेश नं।२ मा उल्लासमय वातावरणमा मनाइरहेका छन् ।
कोरोना सङ्क्रमणको डरले आ–आफ्नै घरमैं सीमित भएर मनाउनु परिरहेको यस पर्वको अवसरमा दिदीबहिनीले कलात्मक राखी बाँधेर उपहार पनि पाउने गर्छन् । यसपटक कोरोनाको कारण राखी र मिठाईको बिक्रीमा समेत व्यापक कमी आएको छ ।
यस पर्वको अवसरमा ब्राह्मणहरुले रक्षाको सूत्र बाँधेर आर्शिवाद दिने गर्छन् तर यसपटक कोरोनाले गर्दा ब्राह्मणहरुले छरछिमेकमा सूत्र बाँध्न ह्डिन कम गरे । पण्डित रामसोगारथ झाले पनि एक दुई परिवारलाई मात्र रक्षासूत्रको डोरी बाँधेको जानकारी दिनुभयो ।