मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को २५ प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र धरान–१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षकका अनुशार मानिस, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको छ ।