डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ ।
डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख पाण्डेका अनुशार नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उहाँको शव फेला परेको र शव परीक्षणका लागि जिल्ला पुर्याइएको छ।