साउन १० । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका ८ नारायणटार बस्ने दोलखा जिरी नगरपालिका ८ घर भएका ४० वर्षीय नेत्र जिरेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिरेलले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।