काठमाण्डौ उपत्यकामा ३ सहित १०९ जनामा कोरोना संक्रमण पुष्टि

साउन १० । पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् ।

उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् । मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेतमा ११, सप्तरीमा ११ जना, पर्सामा ८, कपिलवस्तुमा ६, जाजरकोटमा ६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४,४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडीमा ३,३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २,२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एक एक जना कोरोना संक्रमित थपिएका छन् ।