पहिरोका कारण अवरुद्ध मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ ।

सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि दमौली, पोखरा लगायतका ठाँउमा जाने र चितवन आउने सवारी साधन चल्न थालेका छन् ।